Sunday, April 19News That Matters

रुखको हाँगाले लागेर एक बृद्धको मृत्यु

पूर्णपुष्टि, असोज ९

मोरङ सुन्दरहरैचा नगरपालिका ९ का ६३ बर्षीय डिल्ली दर्जीको रुखको हाँगाले लागेर मृत्यु भएको छ ।

आज बिहान ७ बजे सोही स्थानमा रहेको जनचेतना सामुदायीक वनमा शिरिसको रुखको हाँगा काट्ने क्रममा हाँगाले लागी गम्भिर घाईते भएका दर्जीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको हो । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।