Saturday, June 20News That Matters

रुखबाट लडेर एकजनाको घटना स्थलमै ज्यान गयोे

पूर्णपुष्टि, असार १०

खोटाङमा रुखबाट लडेर एकजना पुरुषको ज्यान  गएको छ । हलेसी तुवाचुङ नगरपालिका–१० पामे का ४९ वर्षीय तुल बहादुर मगरको रुखबाट लडेर घटना स्थलमै ज्यान गएको हो ।

आज बिहान ६ बजे मगरको घर नजिकै जङगलको भलायको रुखमा राखेको खरको घाँस निकाल्ने क्रममा रुखबाट लडी ज्यान गएको प्रहरीले जनाएको छ  । घटना स्थलमा प्रहरी चौकी अर्खौले र ईलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको छ ।