
पूर्णपुष्टि, असार १० ।
युएनएफपीएसंगको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी, उदयपुरले उदयपुर अस्पताल र स्वास्थ्य कार्यालयलाई प्रसुती सेवाका लागि आवश्यकीय सामग्रीहरु आज प्रदान गरेको छ ।
कोरोना महामारीको बेला सुत्केरी आमाहरु जोखिम ठानेर अस्पताल नआउने गरेको पाइएपछि गाउँमै सेवा पुगोस् भन्ने हेतुले सामग्रीहरु वितरण गरिएको रेडक्रस उदयपुरका प्रमुख विनोद बस्नेतले बताउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख खड्ग परियार, स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदी, अस्पतालका प्रमुख डाक्टर जीवनारायण मण्डल लगायतलाई युएनएपफपीएका केदार मगर र रेडक्रस उदयपुर प्रमुख बस्नेतले सामग्री हस्तान्तरण गर्नुभयाे ।
तस्विरहरू :

