
पूर्णपुष्टि, जेष्ठ १२
धनकुटामा रुखले किचेर एकजनाको घटना स्थलमै ज्यान गएको छ । सहिदभुमी गाउँपालिका–३ छिन्ताङ का ४२ वर्षीय नारायण कुमार राईको रुखले किचेर ज्यान गएको हो ।
मंगलबार दिनको ३ बजे छिमेकीको जग्गामा रहेको चिलाउनेको रुख काटी ढाल्न डोरीले तान्ने क्रममा सोही रुखले किचेर राईको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय छिन्ताङ र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
