Saturday, June 13News That Matters

लागूऔषधसहित २ जना पक्राउ

पूर्णपुष्टि, जेष्ठ १२

झापामा लागुऔषधसहित दुईजना युवक पक्राउ परेको छन् । गौरीगंज गाउँपालिका–२ लालमाटी स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका साढे ५ बजे सोही स्थानका २५ वर्षीय लोकेन्द्र खड्का र २४ वर्षीय कमल दाहाललाई पक्राउ गरेको हो ।

उनीहरुले तरकारी बोकेको झोला भित्र लागूऔषध ल्याबोरेट कोहीनफस्पेट (कोरेक्स) १२ बोतल, विन स्पासमो फोटिएट–२८  ट्याब्लेट  र निट्राभेट–३० ट्याब्लेट फेला पारेको थियो ।

पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय गौरीगंजमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।