Friday, September 4News That Matters

रुसले युक्रेन वरपरका सेना फिर्ता गर्दै

काठमाण्डौँ, फागुन ६
रुसले युक्रेनको सीमाना नजिकका क्षेत्रहरूबाट थप ट्याङ्क र अन्य सशस्त्र गाडीहरू फिर्ता लिन थालेको जनाएको छ ।
पश्चिमी सैन्य जिल्लाको ट्याङ्क आर्मी एकाइहरूसँग सम्बन्धित कर्मचारी र सैन्य उपकरण बोकेको अर्को सैन्य ट्रेन निर्धारित अभ्यास पूरा गरेपछि निज्नी नोभगोरोड क्षेत्रमा आफ्नो स्थायी अड्डाहरूमा फर्कियो, रूसी रक्षा मन्त्रालयले विज्ञप्तिमा जनाएको छ।
यसैगरी यसले १० युद्ध विमानहरू मस्कोविलग्न क्राइमियन प्रायद्वीपबाट फिर्ता लिएको बताएको छ। (रासस)