Sunday, April 19News That Matters

रेडक्रस रौतामाईको सभापतिमा दिपक राई

पूर्णपुष्टि, भदौ २४  । रेडक्रस रौतामाई गाउँपालिका उपशाखाको अधिवेशन सम्पन्न भई नेतृत्व चयन भएको छ। अधिवेशनले दिपक कुमार राईको सभापतित्वमा ११ सदस्यीय उपशाखा समिति गठन गरेको छ।

निर्वाचन अधिकृत मदन भुजेलका अनुसार, नवनिर्वाचित पदाधिकारीहरूमा धनकुमारी थापा मगर (महिला उपसभापति), कृष्ण बहादुर खत्री (सचिव), विरेन्द्र खड्का (कोषाध्यक्ष), रामकुमार लायो मगर (उपसचिव) र रुद्र बहादुर मगर (उपकोषाध्यक्ष) रहेका छन्। सदस्यहरूमा देवीमाया दाहाल, जितेन्द्र दक्त, प्रहलाद बहादुर खत्री, सुरेन्द्र राई र लाल बहादुर दाहाल चयन भएका छन्।

रौतामाई गाउँपालिका अध्यक्ष बिरेन्द्र मगरको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष भुपिन्द्र थापा, संविधानसभा सदस्य बिमला एसके, नेपाल रेडक्रस सोसाइटी उदयपुर सभापति मदनराज कटुवाल लगायतको उपस्थिति रहेको थियो।

रेडक्रस उदयपुरका जिल्ला सभापति मदनराज कटुवालका अनुसार स्थानीय तह स्तरीय उपशाखा गठन गर्ने क्रममा त्रियुगा र कटारी पछि रौतामाई गाउँपालिकामा उपशाखा गठन भएको हो। उनका अनुसार चाँडै नै ताप्ली, उदयपुरगढी, लिम्चुङबुङ, चौदण्डी र बेलका नगरपालिकामा समेत समिति गठन गरिने योजना रहेको छ।