Thursday, June 25News That Matters

रौतामाईका ४० सुत्केरी महिलालाई पोषण युक्त सामाग्री वितरण

पूर्णपुष्टि, माघ १८
उदयपुरको रौतामाई गाउँपालिकामा सुत्केरी महिलालाई पोषण युक्त सामाग्री वितरण गरिएको छ । २ नम्बर वडा भुटार स्थित पालिकाका ४० सुत्केरी महिलाहरुलाई पोषण युक्त सामाग्री वितरण गरिएको हो ।
बहुक्षेत्रीय पोषण योजना उपाध्यक्ष संग सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरुलाई पोषण युक्त सामाग्री वितरण गरिएको पालिकाका उपाध्यक्ष कुमारी ज्यु ठकुरीले बताउनुभयो । उहाँका अनुसार चामल, गेडागुडी,दाल, अण्डा, साबुन, सर्फ, घ्यु, चौवन्दी, बच्चाको लागि न्यानो कपडा लगाएतका सामाग्री वितरण गरिएको छ ।

विशेष गरेर पालिकामा भएका विपन्न सुत्केरी महिलाहरुलाई प्राथमिकता दिदैँ पोषण युक्त सामाग्री वितरण कार्यक्रम अगाडि बढाएको थियो । यस पोषण युक्त सामाग्री वितरण कार्यक्रमले सुत्केरी आमा तथा बच्चालाई कुपोषणबाट बचाउनुका साथै स्वास्थय राख्न सहयोग पुग्ने पालिकाले विश्वास लिएको छ ।

यो कार्यक्रम आर्थिक वर्ष २०७४÷७५ बाटै सुरु भएको र निरन्त सञ्चालन भइरहेको छ साथै आगामि दिनमा अझै प्रभावकारी ढङगबाट अगाडी बढाउने पालिका उपाध्यक्ष ठकुरीले बताउनुभयो । पालिकाको २ नम्बर वडा भुटारमा कार्यक्रम सकिए लगतै ७ नम्बर वडामा सञ्चालन गर्ने जनाएको छ । सुत्केरी अवस्थामा महिलाहरुले समयमै स्वास्थ्य सेवा नपाउँदा अकालमै मृत्यु बरण गर्नु पर्ने भएकोले यो समस्यालाई समाधान गर्नका निम्ति पालिकामा छिट्टै एम्बुलेन्स सेवा सुचारु गरिने ठकुरीले बताउनुभयो ।