
पूर्णपुष्टि, चैत्र २६ । उदयपुरको रौतामाई गाउँपालिका ४ मालवासेमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । आगलागीबाट मिन्द्र बहादुर सार्कीको घर जलेर नष्ट भएको वडा सचिव लिला भक्ता कार्कीले जानकारी दिए ।
सचिव कार्कीका अनुसार शनिबारदेखी काउले जंगलबाट सल्केको आगो गाउँपस्दा सार्कीको घर सहित गुवाली जलेर नष्ट भएको थियो । आगलागीमा परी लत्ताकपता, नगद ६० हजार र १ तोला सुन समेत जलेर नष्ट भएको छ । आगलागीबाट पशुचौपायमा भने क्षती नपुगेको सविच कार्कीको भनाई छ। बाँधीएको पशु चौपायालाई भने स्थानीयहरुले दाम्ला काटेर आगोबाट सुरक्षीत स्थानमा सारिएको थियो । सोही ठाउँमा आईतबार गोविन्द भुजेलको गुवालीमा समेत आगलागी भएको छ।
शनिबार देखी काउले जंगलमा भिषण आगलागी भैरहेको र निभाउन सकस परिरहेको सचिव कार्कीले जनाए । घरमा लागेको आगो अझै पनि निभाई नसकेको अवस्था छ । रौताबाट प्रहरी टोली घटना स्थल तर्फ पुगेको र प्रहरी सहित स्थानीयहरुले आगो नियन्त्रणमा लिने काम गरिरहेको जनाईएको छ ।
