
पूर्णपुष्टि, ३ चैत्र ।
उदयपुरको रौतामाई गाउँपालिकामा आगलागी हुँदा ४५ लाख बराबरको धनमाल नष्ट भएको छ । पालिकाको ३ नं वडा भोर्लेली स्थित नवउदय सामुदायिक जंगलमा लागेको डढेलोमा हावाहुरी चल्दा वन नजिक रहेका घर बस्तिमा समेत पस्दा आगलागी भएको थियो । आगलागीमा भोर्लेनी बस्ने गाउन राई ,मन कुमारी राई,जगत राई,मदन राई,गोबिन्द नेपाली र राम बहादुर राईको गरी ३ वटा घर र ६ वटा गोठ समेत जल्दा ठुलो धनमालको क्षती भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार अन्दाजी ४५,७०,०००।–पैतालिस लाख सत्तरी हजार बराबरको क्षती पुगेको हो । आगो नेपाल प्रहरी र स्थानीय बासिन्दाहरुको सहयोगमा नियन्त्रणमा ल्याईएका थिए । साथै सामुदायिक वनमा लागेको डढेलोलाई नियन्त्रणको प्रयास भईरहेको पनि प्रहरीले जनाएको छ।
