
पूर्णपुष्टि, बैशाख १२ । उदयपुरको रौतामाई गाउँपालिकाले दलित सशक्तीकरण ऐन मस्यौदा तयारि सुझाव संकलन सरोकारवाला सङ्ग छलफल कार्यक्रम सम्पन्न गरेको छ । यो सङ्गै रौतामाई गाउँपालिका दलित सशक्तीकरण ऐन बनाउन तयारि गर्ने उदयपुरको तेस्रो पालिका रहेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजना तथा पालिका स्तरिय दलित संजालको समन्वमा उक्त कार्यक्रम संचालन गरिएको थियो । गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरको अध्यक्षता संचालन भएको सो कार्यक्रममा ४० जना भन्दा बडिको सक्रिय सहभगिता रहेको थियो । नेपालको संविधान २०७२ को धारा २४, धारा ४० ले दिएको अधिकार सुनिश्चित गर्न दलित सशक्तीकरण ऐन आवश्यक रहेको दलित अभियानकर्मिहरुले बताएका छन ।
पहिलाको तुलनामा कमि आएता पनि समाजमा अझै बिभेदको गहिरो जरो गाडिएको जिकिर छलफलमा आएको छ । यस प्रस्तावित ऐन मा दलितहरुको सशक्तीकरणको निमित्त शिक्षा,स्वास्थ्य, जिबिकोपार्जन, भुमि, आवास जस्ता महत्त्वपूर्ण सवालमा छलफल भएको छ । अध्यक्ष मगरले सक्रियता देखाउदै कमि कमजोरि औल्याई ऐनलाई पुर्णता दिन जोड दिनु भएको छ ।
मानिस ठुलो दिलले हुन्छ जातले हुदैन भन्ने कविताको लाइन जोड्दै मगरले म यो ऐन प्रति सकारात्मक रहेको र बिधि सम्बद ऐन पास गर्न तयार रहेको बताउनु भएको छ । जसका लागि मिहिन ढंगले लाग्न तयार गर्न र झकझक्याउन अपिल समेत गर्नु भएको छ । उत्पीडित दलित समुदायको प्रतिनिधिमुलक सहभागिताले अब रौतामाईमा चाडै दलित सशक्तीकरण ऐन बन्ने बिस्वास लिएको छ । उक्त मस्यौदा उपर दिलिप रसाइलि र झनक घिमिरेले सहजीकरण गर्नुभएको थियो ।
