Monday, June 15News That Matters

रौतामाईमा युवाहरुका लागि ३९० घण्टे हाउस वार्यरिङ्ग तालिम सुचारु

पूर्णपुष्टि, ७ जेष्ठ ।
वल्र्ड भिजन इन्टरनेशलको सहयोग र हुरेण्डेक उदयपुरको आयोजनामा रौतामाई गाउँपालिका भुट्टारमा ३९० घण्टे हाउस वाईरिङ्ग सम्बन्धी तालिम आइतबारबाट संञ्चालन भएको छ । तालिम पालिकाको रसुवा माविको हलमा संञ्चालन भैरहेको छ । हुरेण्डेक उदयपुरका कार्यक्रम संयोजक बिकल सुवेदीका अनुसार पालिकाको बिभिन्न वडाबाट २२ जना युवाहरुलाई हाउस वाईरिङ्ग तालिममा सहभागी गराईएको जनाए । सिप सिकाएर गाउँको युवाहरुलाई आर्थिक पार्जनमा टेवा पुराउने भन्दै पोषण तथा उत्थानशिस जिविको पार्जन परियोजना अन्तर्गत सिपमुलक तालिम प्रदान गरिएको सुवेदीको भनाई छ । सुवेदीका अनुसार सोही पालिकामा केही दिन देखी सिलाई कटाई तालिम समेत संञ्चालन गरिने छ भने ताप्लीको रुपटारमा बुधबारबाट प्लम्वीङको तालिम पनि सुरु गरिने छ । ताप्लीमै तत्कालै सिलाई कटाईको तालिम पनि सुरु हुने छ ।

रौतामाई गाउँपालिकाका उपाध्यक्ष तथा तालिम उद्घाटन सत्रका प्रमुख अतिथि भुपेन्द्र बहादुर थापाले सिप र प्राविधिक ज्ञान आजको महत्वपूर्ण आवश्यकता रहेको जनाए । उनले सहभागीहरुलाई लक्षीत गर्दै भने”, “ पालिका भित्र युवाहरु सिपमा कमजोरी छन्, पालिकाले प्राविधिक क्षेत्रमा आवश्यक कर्मचारी खोजेमा बाहिरबाट ल्याउनु पर्ने अवस्था छ । निती अनुसार पालिकामा प्राविधिक तर्फको कर्मचारीहरु राख्नुपर्दा सिटिईभटी मार्फत १८ महिने सिप खोजिने जनाए । तर यहाँ सिपमुलक युवाहरु नभएको थापाले बताए । उनले सिप सिकेपनि व्यवसाय नगर्ने जनाए । सिप सिक्ने अनि चुपचाप बस्नाले यसको कुनै फाईदा लिन नसकेको उनले जनाए । थापाले सिप सिकेपछि चारैतिर मन नघुमाउन र सिप वाहेकका कामहरुमा ध्यान नदिन पनि सुझाए । सिप एउटा सिक्ने अनि काम अर्को गर्नाले पनि यहाँ समस्याहरु उत्पन्न भएको उनले बताए ।

हुरेण्डेक उदयपुरका अध्यक्ष संकर थापाले तालिम भविष्यमा काम लाग्ने गरी गहन ढंगबाट सिक्न सहभागीहरुलाई अनुरोध गरे । थापाले तालिमले नै सिप उत्पादन गर्ने हुँदा भोली क्षमतावान व्यक्ति बन्न यो तालिमको अमुल्य महत्व रहेको थापाले जनाए । थापाले मानिसको बाँच्ने प्रमुख आधार नै सिप रहेको जनाए । सिप भएको मानिस कुनै पनि ठाउँमा गएर जिवन चलाउन सक्ने भन्दै यो तालिममलाई भोली जिवन चलाउने आधारको रुपमा सिक्न थापाले सुझाए । उनले सिप भएको मान्छे भोकै मर्नु पर्ने अवस्था पनि नआउने जनाए । सिप भएको मान्छेको पैसा पछाडी पछाडी आउँछ पैसाले पछाउँछ तर सिप नभएको मान्छे पैसाको पछि लाग्नु पर्छ पैसा काहाँ छ भनेर खोज्दै जानु पर्ने अवस्था हुन्छ, । थापाले भने” । तसर्थ सबैले सिप सिकौँ आत्मानिर्भर बनौँ । थापाको सुझाव थियो । यस्तै नेपाल पत्रकार माहासंघका अध्यक्ष भरत खड्काले सिप सिकेको मान्छेले नेपालमै पैसा कमाउन सकिने जनाए । उनले यदी बिदेशै गएको अवस्थामा पनि सिप सिकेर जाने भए तल्लो स्तरको कामहरु गर्नु नपर्ने र बिजोग हुन बाट बचिने जनाए ।

यस्तैगरी तालिम सहजीकरणको जिम्मेवारी पाएका एक्सपोट टेक्नीकल कलेजका निर्देशक हेमराज दाहालले तालिम सिटिईभीटीको करिकुलमको आधारमा सिकाईने जनाए । थापाले सिपलाई निकै उपलब्धी मुलक बनाउने गरी तालिम प्रदान गर्ने जनाए । तालिम लिने र तालिम दिने दुवै पक्षलाई सन्तुष्टी र ब्यवाहारीक पाटोको कार्यन्वयनमा तालिममले सहज बनाउने गरी सिकाईने जनाए । तालिममको सहजीकरण सोही कलेजका संजय कुमार चौधरीले गर्ने छन् ।