Thursday, June 11News That Matters

रौतामाई गठबन्धनको मुर्कुचिमा भव्य आमसभा

पूर्णपुष्टि, बैशाख २७
रौतामाई गाईपालिको मुर्कुचीमा गठबन्धनले भव्य आमसभा गरेको छ । चुनावी माहोललाई उत्साह जनक बनाउने भन्दै भव्य आमसभा गरेको हो । आमसभालाई जिल्लाको केन्द्रीय तथा प्रदेश नेताहरुले सम्वोधन गरेको छ । रौतामाईमा नेपाली कांग्रेस, नेकपा एस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेको छ । बिहान र्याली सहित कोणसभा गर्दै आमसभा गरेको हो । कोणसभालाई नेकपा माओवादीबाट केन्द्रीय सांसद सुरेश कुमार राई (हिमाल) प्रदेश सांसद नारायण बुर्जा मगर, मोहन खत्री र नेपाली कांग्रेस बाट रमिला राई, लक्ष्मी परियार ,मुरारी खड्का, विदुर बस्नेत लगायत नेताहरुले सम्बोधन गर्ने भएको छ ।

रौतामाई गाउँपालिकाको लागि अध्यक्ष पदमा गठबन्धनबाट माओवादी केन्द्रका बिरेन्द्र कुमार मगर र उपाध्यक्षका लागि भुपेन्द्र थापाले उम्मेदवारी दिएको छ । अध्यक्ष पदका उम्मेदवार मगरले गठबन्धनलाई कहिले भोट दिने दिन आउला र जिताऔँला भन्ने उत्कुसुक जनताहरुमा व्यापक जागेको जनाएको छ । उनले रौतामाईमा गठबन्धनका निश्चित जित रहेको सुनाउँदै सम्पूर्ण गठबन्धनका जनवासी र रौतामाईवासीहरुलाई धैर्यधारण गरी वस्न अनुरोध गरे ।

उनले एमालेको ज्याजतीलाई नियन्त्रण गर्न गठबन्धन राष्ट्रिय आवश्यकता रहेको र जनताको चाहाना स्वरुप गठबन्धन गरिएको मगरले जनाए । यस्तै उपप्रमुखका उम्मेदवार थापाले रौतामाईका जनताहरुले गठबन्धनलाई अत्यादिक मतले विजयी गराउने जनाए । थापाले पहिलेको ओली सरकारले गरेको व्यतिथिका कारण जनताहरु वाक्क भैसकेको भन्दै जनताहरुले आफुहरुलाई जिताईसकेको जनाए । उनले गठबन्धन सँग एमाले मात्र चुनावमा उत्रेको भएपनि देशद्रोही पार्टी भएका कारण जनताले उनीहरुलाई विश्वास नगर्ने जनाए ।