
पूर्णपुष्टि, वैशाख १३ ।
रौतामाई गाउँपालिका वडा नं. ३ मा नेकपा एमालेमा लामो समय काम गरेका खिलराज राईले वडाध्यक्षमा बागी उम्मेदवारी हालेका छन् । उनले पार्टीले आफुलाई अन्याय गरेकोमा आपत्ति जनाउदै स्वतन्त्र उम्मेदवारी दर्ता गरेको जनाएका छन् ।
सो वडामा एमालेले वडाध्यक्षमा दिपेन्द्र दाहाललाई टिकट दिएको छ । टिकट आफुलाई नदिएको असन्तुष्टिकासाथ राईले आप्mनो लामो समयको योगदानको कदर नभएकोले गाउँ पार्टी सचिवको पदबाट राजिनामासमेत दिएका छन् । उनले स्वतन्त्रबाट नै जनताको मत पाएर विजय हाँसिल गर्ने बताएका छन् ।
सो वडामा कांग्रेसको वडाध्यक्ष उम्मेदवारमाथि पनि वागी परेको छ । कांग्रेसका रत्नकुमार राईले वडामा स्व्तन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेसले विष्णु पौडेललाई वडाध्यक्षको टिकट दिएको छ ।
