Monday, April 20News That Matters

लकडाउनलाई थप कडा र व्यवस्थित बनाउन जिल्लामा बैठक सम्पन्न

पूर्णपुष्टि, चैत्र १७ ।

थपिएको लकडाउन अझै कडा र व्यवस्थित हुने भएको छ । उदयपुर जिल्ला व्यवस्थापन समितिको सोमवार बेसेको बैठकले लक डाउनलाई थप व्यवस्थापन र कडाई गर्न संघीय तथा प्रदेश सांसद, राजनीतिक दल, प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिध, नागरिक अभियान, स्वास्थ्यकर्मी, संञ्चारकर्मी, कर्मचारी लगायससँग बैठक बसेको हो ।

कोरोना भाइरसको नियन्त्रण तथा उच्चसतर्कताको लागि एक हप्ता भनिएको लकडाउन फेरी थपिए पछि चैत्र २५ गते रातिसम्म सरेको जानकारी गराउदै यसलाई थप कडाइ र प्रभावकारी बनाउने निर्णय भएको छ । कोरोना भाईरस नियन्त्रण तथा स्वयम सर्वसाधरणहरुको सुरक्षालाई पहिलो प्राथामिकतामा राखि सरकारले लकडाउन गरेको भन्दै उदयपुरको हकमा सम्बन्धित निकायहरुले साझा भूमिका निर्वाह गर्ने निर्णय भएको छ ।

विश्व स्वास्थ्य संगठनको अनुसार नेपाल पनि कोरोनाको उच्च जोखिम रहेको भन्दै यसलाई थप व्यवस्थापन र लकडाउनलाई कडाई गर्नु पर्ने  अवस्थामा खाद्यन्न समस्या, अत्यावश्यक आवतजावत, स्वास्थ्य चेकजाँच, सुरक्षा प्रवन्धलाई प्रभावकारी व्यवस्था गर्ने निर्णय भएको छ ।  खाद्यान्न र अत्यावश्यक आवतजावत, सवारी साधनलाई पनि दुरी कायम गर्ने र समय, अवस्था मिलाई व्यवस्थित गरिने भएको छ ।

निर्णयमा भिँडभाँडलाइ नियन्त्रण गर्ने, अति आवश्यक सेवाहरुलाई व्यवस्थि रुपमा संञ्चालन गर्ने, स्वास्थ्यकर्मीहरुलाई पूर्ण रुपमा परिचालन गर्ने, दैनिक ज्यालादार मजदुर र विपन्न परिवारहरुलाई खाद्यन्न व्यवस्थापन गर्ने, उदयपुर छिर्ने मुख्य नाकाहरुमा कडाइ गर्ने र हेल्प डेक्स तयार गर्ने, विदेश, तथा स्वदेशकै पनि बिभिन्न ठाउँबाट जिल्ला तथा गाउँ, शहर प्रवेश गरेको मान्छेहरुलाइ उच्च सतर्कता स्वास्थ्य परिक्षण र निगरानीमा राख्ने र अनिवार्य क्वारेन्टानइमा राख्ने लगाएत महत्वपूर्ण निर्णयहरु भएको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले जानकारी गराउनुभयो ।