Tuesday, April 21News That Matters

लकडाउन खुलेपनि काठमाण्डौँ प्रवेशका लागि पास अनिवार्य

पूणर्पुष्टि, साउन, ७

लकडाउन खुलेको भएपनि काठमाण्डौँ छिर्न भने पास चाहिने भएको छ । अन्य जिल्ला वा ठाउँवाट काठमाण्डौँ प्रवेश गर्न परेमा पास चाहिने गृह मन्त्रालयले जनाएको छ । लकडाउन सकिएका भएपनि अन्तरजिल्ला सवारी साधन चलाउन नपाइने मन्त्रालयको अडान छ ।

सरकारले भदौ १ गतेदेखि मात्रै अन्तरजिल्ला सवारी साधन सञ्चालन गर्न पाइने बताएको छ । तर अत्यावश्यक काम हुनेले जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर काठमाडौं आउन भने पाउँछन् । त्यसका लागि आफू बस्ने स्थानीय तहको सहमति चाहिन्छ ।

कोरोना पूणर्तया नियन्त्रणमा नआइसकेको हुदा विविध समस्याहरुका कारण उपत्यकामा भने लकडाउन पूणर्तया खुलेको भएपनि अन्र्तजिल्लाहरुमा सवारी खुल्ने अनुमति नभएको हो । बाहिरबाट आउने सवारीहरुलाई कडाई गर्दै उपत्यकामा मात्र सवारीहरु संँञ्चालन भएको छ ।