
पूणर्पुष्टि, साउन, ७
अविरल बर्षाका कारण नेपालका मुख्य नदीहरुमा ह्वातै बढेको पानीको वहाव घट्दै गएको छ । जल तथा मौसम वज्ञिान विभागका अनुसार अहिले पानीको वहाव घट्दो अवस्थामा रहेको जनाएको छ । कन्काई, कमला, वाग्मती, नारायणीलगायतका नदीहरुको वहाव घट्दै गएको विभागले जनाएको छ ।
महाकाली, कणर्ाली र त्यसका सहायक नदीमा पनि बहाव घट्दो क्रममा रहेको छ । विभागका महानिर्देशक सरजु वैद्यले कोशी र त्यसका सहायक नदीहरुमा पानीको बहाव बढ्दो क्रममा रहे पनि कन्काई, कमला, वाग्मती, नारायणी, पश्चिम राप्ती, बबई र केही सहायक नदीहरुमा पानीको बहाव घट्दो क्रममा रहेको बताउनुभयो ।
यस्तै भैरहवामा ६४ दशमलव ५, गल्कोटमा ७४ दशमलव २ मिलिलिटर पानी परेको उहाँले बताउनुभयो । अहिले देशभरिको मौसम बदली रहेको छ । प्रदेश नम्बर ५ र गण्डकी प्रदेशमा हल्का वर्षा भइरहेको छ । आउँदो २४ घण्टामा प्रदेश नम्बर १, २, ५, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।
कन्काई, कमला, वाग्मती नदीमा बहाव घटबढ हुने क्रममा रहको उहाँले बताउनुभयो । गएको २४ घण्टामा कन्काई नदीमा ९८ दशमलव ४ मिलिलिटर पानी परेको छ ।
बर्षा अझै पनि केही प्रदेशहरुमा हुने विभागले जनाएको छ । १, २, ५, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको बिभागको भनाई छ ।
