Monday, June 22News That Matters

काठमाण्डौँमा जाम सुरु

पूणर्पुष्टि, साउन, ७

लकडाउन खुलेपछि काठमाण्डौ उपत्यकामा जाम सुरु भएको छ । करिब ४ महिनाको लगतार बन्दले काठमाण्डौँ सुनसान अवस्थामा थियो । सरकारले काठमाण्डौ उपत्यकामा पूणर् रुपले लकडाउन खुलेको घोषणा पश्चात काठमाण्डौँमा निजि तथा सार्वजानिक सबै खाले सवारीहरु सडकमा गुड्न थालेको छ । बुधबार बिहानैदेखि काठमाडौंका सडकमा निजी तथा भाडाका सवारी साधनको चाप देखिएको छ ।

सरकारले लकडाउन अन्त्य गरेसँगै जोररबिजोर प्रणाली पनि हटेको छ जसले सडकमा सवारी साधनको संख्या वृद्धि हुँदा जाम भएको हो । सरकारले अन्तरजिल्ला सार्वजनिक सवारी साधन भदौ १ गतेसम्मका लागि बन्द गरेको छ ।

भिडभाड बढेपछि सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेको थियो । तर मंगलबार मध्यरातिदेखि लकडाउन पनि अन्त्य र जोरबिजोर पनि खारेज भएपछि सडकमा सवारी साधनको लामो ताँती देखिएको छ ।