Tuesday, April 21News That Matters

१८ घर पहिरोमा पुरीयो

पूणर्पुष्टि, साउन, ७

लमजुमङमा पहिरोले १८ ओटा घर पुरेको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-३, तरापु पल्लोटारी गाउँमा पहिरो खस्दा १८ वटा घर पहिरोमा पुरिएको हो ।

केही दिनदेखिको अविरल वर्षाका कारण बुधबार बिहान पौने १० बजेतिर पहिरो खस्दा गाउँलेको घर पुरिएको स्थानीय राजकुमार मिजारले बताए । मिजारका अनुसार मंगलबार पहिरो गएपछि २१ घरपरिवार नजिकैको स्कुलमा बस्न गएका थिए ।

७४ घर रहेको उक्त गाउँका सबै घरमा पहिरोले क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । लमजुङका डीएसपी गंगाबहादुर थापाका अनुसार मंगलबार केही घरमा क्षति पुर्‍याएकोमा बुधबारको पहिरोले सिंगो गाउँमा क्षति पुर्‍याएको बताए । घटनास्थलमै रहेका उनले सबैजना उद्धार कार्यमा जुटिरहेकाले क्षतिको विवरण अझै आइनसकेको बताए । ‘३र४ जना घाइते छन् । हिजो स्थानान्तरण भएकाले मानवीय क्षति भने हुन पाएन,’ उनले भने ।

मंगलबार पहिरो गएको ठाउँबाट पुन पहिरो गएकाले घरहरु पुरिएको तर, गाउँलेहरु भने मंगलबार नै स्कुलमा सरेकाले मानवीय क्षति नभएको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष प्रेमबहादुर बस्नेतले बताए । उनका अनुसार पहिरो खस्दै गर्दा भाग्ने क्रममा ४ जना घाइते भएका छन् । पहिरोले पुरिएका घरका सामान झिक्ने क्रममा माथिबाट पहिरो झर्न थालेपछि भाग्ने क्रममा स्थानीय घाइते भएका थिए ।

मंगलबार पहिरो गएको ठाउँबाट प’नस् पहिरो गएकाले घरह? प’रिएको तर, गाउँलेह? भने मंगलबार नै स्क’लमा सरेकाले मानवीय क्षति नभएको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष प्रेमबहाद’र बस्नेतले बताए . उनका अन’सार पहिरो खस्दै गर्दा भाग्ने क्रममा ४ जना घाइते भएका छन् . पहिरोले प’रिएका घरका सामान झिक्ने क्रममा माथिबाट पहिरो झर्न थालेपछि भाग्ने क्रममा स्थानीय घाइते भएका थिए .