Monday, June 22News That Matters

लकडाउन गर्ने स्वास्थ्यमन्त्रीको संकेत

प्रतिनिधिसभामा सोमबार विशेष समय लिएर सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले जनस्वास्थ्य मापदण्ड प्रभावकारी रूपमा पालना नभए कोरोना पुनः उच्च बिन्दुमा पुग्न सक्ने चेतावनी दिए ।

उनले आउँदो जेठ–असारमा पुनः कोरोना उच्च बिन्दुमा पुग्न सक्ने देखिएको बताए । सङ्क्रमण पछिल्लो दिनमा बढिरहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न उनले आग्रहसमेत गरे ।

छिमेकी मुलुक भारतमा सङ्क्रमण उच्च गतिमा बढिरहेको भन्दै उनले सचेत रहन सबैलाई आग्रहसमेत गरे । कोरोनाविरुद्धको खोप खरिदसम्बन्धी अध्यादेश सदनमा पेस नभएको भन्दै उनले असन्तुष्टि समेत जनाए ।

मापदण्ड पालना गर्नुपर्ने बाटै उल्लङ्घन भएको पनि उनको भनाइ छ । लकडाउनमा जाने अवस्थामा नपु¥याउन पनि उनले आग्रह गरे । सदनमा जवाफका क्रममा उनले भने, ‘लकडाउनले समग्र अर्थतन्त्रलाई प्रभाव पार्ने रहेछ । अर्थतन्त्र र सामाजिक जीवनमा पारेको प्रभाव यसअघिकै आउन बाँकी छ ।’यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।