Monday, June 22News That Matters

लकडाउन बैशाख ३ सम्म लम्बाउने

पूर्णपुष्टि,चैत्र,२४

सरकारले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ । आज सोमवार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा पनि कोरोनाको उच्च जोखिम बढ्दै गएपछि सरकारले लकडाउनको अवधि थप गरेको जनाइएको छ ।

नेपालमा पहिलो पटक दोस्रो चरणको कोरोना प्रवेश गरेको कारण यसलाई रोक्न थप लकडाउनको आवश्यकता रहेको भन्दै अवधि थपेको बैठकमा उपस्थित एक मन्त्रिले जानकारी गराए ।

उच्च सतर्कताको निम्ति भनेर तत्काल एक हप्ताको लागि नेपाललाई लकडाउन गरेको हो। पछि थप चुनौती आएको भन्दै चैत्र २५ गते सम्म सारिएको लकडाउन फेरी बैशाख ३ सम्म सार्ने निर्णय भएको हो ।

संक्रमणको संख्या र दोस्रो चरणको कोरोना प्रवेश सँगै फेरी लकडाउन थप गरेको हो । नेपालमै एकाएक व्यक्ति व्यक्तिमा सरेको कोरोनाले सरकारनै चिन्तित छ । ६ जना संक्रमण पछि एकै दिनमा ३ जनामा देखिएपछि लकडाउन लाई थप गरिने निर्णय भएको हो । नेपालमा एकै दिनमा ३ जना थप भएपछि ९ जनामा संक्रमण देखिसकिएको छ ।