
पूर्णपुष्टि,चैत्र,२४
भारत मुम्वइको एक अस्पतालमा कोरोना संक्रमणको कारण २६ जना नर्स सहित ३ जना डाक्टर बिरामी परेकाे सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसरी स्वास्थ्यर्मीहरुमानै कोरोना संक्रमण भएपछि बृहतमुम्बई म्युनिसिपल कर्पोरेसनले यति धेरै स्वास्थ्यकर्मीमा कसरी कोरोना फैलिए भनेर अनुसन्धान गर्न समिति बनाएको छ ।
समितिले तत्काल यसको अनुसन्धान गरी रहस्य पक्ता लगाउने जनाएको छ । अस्पतालमा यदि ठुलो संख्यामा स्वास्थ्यकर्मीहरुनै संक्रमण परेपछि त्यहाँबाट कसैलाई पनि भित्र जान र छिर्न रोक लागाएको छ ।
यस घटनाले स्वास्थ्यकर्मीहरूलाइ भरपर्दाे सुरक्षा अपनाउन जरूरी देखिएकाे छ । स्वास्थ्यकर्मीहरूलाइ काेराेनाकाे संक्रमण नसर्ने किसिमकाे व्यक्तिगत सुरक्षा साधनहरू जरूरी छ नै, यसले अझ सतर्कतासाथ व्यवस्था गर्नुपर्ने देखिएकाे छ । साथै स्वास्थ्यकर्मीहरूले पनि लापरवाही, हेलचेक्राइ गर्न नहुने देखिएकाे छ ।
