
पूर्णपुष्टि/चैत्र,२४
विश्वभरनै फैलिरहेको माहामारीको रुपमा कोरोना भाईरसले अहिले पछिल्लो समय नेपालको छिमेकी देश भारत पनि तताइरहेको छ । भारतमा अहिले संक्रमणको संख्या र मृत्युको संख्या दिनानु ह्वातै बढेर गाको छ ।
कोरोना विश्वभरीनै एकउटा शहरमा बढी प्रभाव देखिने हुन्छ र अन्य ठाउँमा पनि फैलिने कार्यभएको छ । चिनको हुवान, इटालीको लोम्बार्डी शहर भने जस्तै भारतमा पनि कोरोनाले मुख्य केन्द्रविन्दु मुम्वाइलाई बनाएको छ ।
द हिन्दुस्तान टाइम्सका अनुसार देशमा कूल संक्रमितको संख्या ३ हजार ४९३ पुगेको छ भने मुम्बईमा मात्र ४ सय ३३ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । आइतबार मुम्बईमा संक्रमणका १०३ नयाँ मामिला देखिएको छ भने शहरमा ३० जनाले ज्यान गुमाइसकेका छन् ।
भारतमा महाराष्ट्रमा सर्वा्धिक ७९३ जना संक्रमित रहेका छन् भने ४५ जनाले ज्यान गुमाएका छन् । महाराष्ट्रपछि मध्यप्रदेश र तेलंगानामा १२–१२ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या भने तमिलनाडु ५७१ जनासहित दोस्रो स्थानमा छ भने राजधानी दिल्लीमा ५०३ जना संक्रमित फेला परेका छन् भने ७ जनाले ज्यान गुमाएका छन् । भर्खरै नेपालमा फेला परेको ३ संक्रमित मध्ये एकजना भने मुम्वइ बाटै आएका थिए ।
