Tuesday, April 21News That Matters

लक्ष्मी पुजाको दिन गाईघाटको रिकन्डिसन हाउसमा आगलागी हुँदा डेड करोडको क्षती

पूर्णपुष्टि, कार्तिक १८
गाईघाटको एक रिकन्डिसनमा आगलागी हुँदा डेडकरोड बराबरको क्षती भएको छ । बिहिबार लक्ष्मी पुजाकै दिन त्रियुगा नगरपालिका १२ डिएमगेटमा रहेको ऊँ रौतारानी हाउस एण्ड सप्लायर्समा बिधिु सर्ट भई आगो लाग्दा ४५ ओटा मोटरसाईकल जलेर ध्वस्त भएको छ । भित्र कोठाबाट सल्कीएको आगो बाहिर आए पछी मात्र छिमेकीहरुले देखेर थाहा पाएका थिए । विद्युत सर्ट हुदा आगो सल्कीएको प्रहरीले जनाएको छ । घटनामा घरको विम, क्षत, वालमा क्षति पुगेको घरधनी किस्मत अलीले जानकारी दिए ।

राती १२ः४५ बजे भएको आगलागीका कारण विक्रीका लागि राखिएको ४५ वटा पुराना मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगोले त्यहाँ रहेको ल्यापटप तीन थान, प्रिन्टर, ग्यारेजका सामान तथा मोटरका पार्टसमेत जलेको उदयपुर प्रहरी प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए । पसल (रिकण्डीशन) हाउसमा राति ८ बजे लक्ष्मी पूजा गरी सञ्चालन घर गएका थिए । सञ्चालक टेकबहादुर दाहालका अनुसार राति १२ः४५ बजे आगलागी भएको भन्दै स्थानीयबाट जानकारी आएको थियो । त्यहाँ कोही नबस्ने भएकाले बेलैमा निकायलाई खबर गर्न नपाउदा सबै सामान बचाउन नसकिएको हो ।