Monday, April 20News That Matters

लघुवित्तहरुलाई नेपाल कम्युनिष्ट पार्टीको आग्रह, महिलाहरुलाई धाक, धम्की र दबाव दिने काम बन्द गर्नुस्

पूर्णपुष्टि,चैत्र २४ । नेपाल कम्युनिष्ट पार्टी जिल्ला उदयपुरले लघुवित्त पिडित महिला दिदिबहिनीहरुलाई दबाव, धाक र धम्की दिने काम बन्द गर्न आग्रह गरेको छ । शुक्रबार त्रियुगा नगरपाकिला वडा नम्बर ११ हिमालिटोलमा अवस्थित स्वावलम्व लघुवित्त संस्थाका प्रमुख राजु बस्नेतलाइ पार्टी ईन्चार्ज अमृत सी र जिल्ला सेके्रटरी जित बहादुर सीले महिलाहरुलाई धम्कि पुर्ण दबाव नदिन आग्रह गरेको हो ।

नेपाल सरकारले पिडितहरको पक्षमा एक खालका निर्णय नगरे सम्म सघुवित्त संस्थाका कर्मचारीहरुलाई पिडित महिलाहरुको घर घरगैँ उनिहरुलाई दबाव दिने कार्य बन्द गर्न प्रमुख बस्नेतलाई सुझाए । साथै देशै भरीका लघुवित्त संस्थाहरुलाई यस्ता कार्य बन्द गर्न विज्ञाप्ती सहित आह्वान गरिरहेको छ । पार्टीले अहिलेको अवस्थामा देशनै आर्थिक मन्दी तर्फ हुँदा पहिले यहाँ जनता बाँच्नु पाउने पर्नेमा जोड गरे । जनताहरु घाँस बाँस बिहिन अवस्थामा बनाएर लघुवित्तहरुले उनिहरुको असुल उपर गर्ने क्रियाकलाप प्रति आफुहरु निगरानीमै रहने जनाएको छ । यसबेल संस्थाले असुल हैन सहयोग गर्नुपर्ने समेत जनाए । यो वेला जफत ऋण भन्दा पनि सहयोग तर्फ लाग्न सुझाए ।