
मोरङ, असोज १०
मोरङ सुन्दर हरैचा–१२ स्थितमा बस्ने ३५ बर्षीय कुमार उरामनको लडेर मृत्यु भएको छ ।
हिजो दिउँसो करिब ४ बजे सोहि स्थानमा रहेको न्यु पन्चकन्या सेन्टरी हार्डवेयरमा ल्याएको सिमेन्ट बोकेर स्टोर तर्फ लाने क्रममा अचानक लड्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको ।
