Tuesday, June 30News That Matters

खेतमा लडेर १ जनाको मृत्यु

सुनसरी, असोज १०

सुनसरीमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । ईनरुवा–९ बस्ने ३५ बर्षीया दुखनीदेबी खत्वेको लडेर मृत्यु भएको हो ।

हिजो दिउसो करिब १ बजे खेतमा घाँस काट्ने क्रममा अचानक दुखनीदेबी लडेर बेहोस भएकी थिईन । बेहोस भएकी उनलाइ आफन्तले तत्काल उपचारार्थ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।