
सुनसरी, असोज १०
सुनसरीमा लागुऔषधसहति एक जना पक्राउ परेको छ । हरिनगर–६ घुस्की बस्ने अकमुल अंसारी लागुऔषध सहित पक्राउ परेको हो ।
विशेष सुराकका आधारमा साईकलमा आईरहेका अंसारीलाई गत विहिबार इनरुवा–१ गोलपार्कबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट डाईलेक्स डिसी १०० एमएल लेखिएको ४९ बोलत लागुऔषध बरामद गरि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
