
पूर्णपुष्टि, साउन ३०
च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा आरबी लाइप्जिग प्रवेश गरेको छ । राति भएको खेलमा एट्लेटिको मड्रिडलाई २–१ ले हराउँदै लाइप्जिग सेमिफाईनलमा प्रवेश गरेको हो ।
एट्लेटिको मड्रिडका जोआओ फेलिक्सले खेलको ७१ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेको थियो ।
एट्लेटिकोका फेलिक्सले खेल बराबरीमा ल्याए पनि खेल सकिन दुई मिनेट बाँकी छँदा अदाम्स्ले गोल गर्दै लाइप्जिगलाई जित दिलाएका हुन् ।
अब लाइप्जिगले पहिलो सेमिफाइनलमा भदौ २ गते पेरिस सेन्ट जर्मेन पीएसजीसँग खेल्नेछ ।
