
पूर्णपुष्टि, साउन ३०
आज रातिदेखि पानी पर्ने क्रम बिस्तारै बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै आउन लागेकाले रातिदेखि पानी पर्ने क्रम बिस्तारै बढ्ने महाशाखाले जनाएको छ ।
पानी पर्दा नजिकै ठूलो पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्न छ । अहिले देशका केही ठाउँको मौसम खुलेको भए पनि प्रदेश १, वाग्मती प्रदेश ,गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।
अहिले खुलेको ठाउँको मौसम पनि बिस्तारै बादल लागेर केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको जनाईएको छ ।
