Wednesday, June 3News That Matters

लागुऔषधसहित दुई जना पक्राउ

पूर्णपुष्टि, चैत १८ ।
झापाको मेचीनगर नगरपालिका–६ र मोरङको बिराटनगर महानगरपालिका–१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा कन्काई नगरपालिका–३ का ३० वर्षीय अरुण प्रधानलाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
हिजो दिउसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउदैँ प्रधानलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । त्यस्तै प्रहरी टोलीले को. २५ प ७६५८ नम्बरको मोटरसाईकलमा भारत जोगवनीबाट नेपाल तर्फ आउदैँ गरेका सुनसरी इटहरी–४ का ४० वर्षीय राजेन्द्र के.सि.लाई ७ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।