Thursday, June 18News That Matters

लागुऔषधसहित १ जना पक्राउ

झापा, कार्तिक २४ 

झापाको मेचीनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । मेचीनगर नगरपालिका–६ काली मन्दिर छेउबाट लागुऔषध ब्राउनसगुरसहित कुमार विक पक्राउ परेको हो ।
सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले आज बिहान ६ बजे मेचीनगर–१४ का ३० बर्षीय विकलाई ३ ग्राम ब्राउसुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बिकमाथी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।