Friday, June 19News That Matters

स्कुटर दुर्घटनामा २ जना घाईते

पूर्णपुष्टि, कात्तिक २४

उदयपुरको गाईघाटमा स्कुटर दुर्घटना हुदा दुई जना घाईते भएका छन् । त्रियुगा नगरपालिका–१० स्थित मदन भण्डारी आँखा अस्पताल नजिक स्कुटर दुर्घटना हुदा दुई जना घाईते भएका हुन् ।
राजाबासबाट गाईघाट तर्फ आउँदै गरेको को ४९ प ९०७० नम्बरको स्कुटर विहान करिब ७ बजे दुर्घटना हुँदा त्रियुगा नगरपालिका–९ राजाबास बस्ने १३ वर्षिय युनिक बुढाथोकी र १९ वर्षिय प्रिया बुढाथोकी घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
कुकुरलाई जोगाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा प्रियाको अवस्था गम्भीर रहेको छ । उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पछि थप उपचारको लागी विराटनगर रेफर गरिएको छ भने युनिकको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।