
पूर्णपुष्टि, भदौ ९ गते ।
झापाको भद्रपुर नगरपालिका–५ स्थितबाट लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको अर्जुनधार नगरपालिका–११ झापाका २४ वर्षीय आकाश गिरीलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
हजो बेलुका ६ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश ३–०२–०१३ प ४७४३ नम्वरको मोटरसाईकलमा सवार रहेका गिरीको साथबाट १ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका गिरीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।
