
सुनसरी, कात्तिक ५
सुनसरी कोशी गाँउपालिका–१ बाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन ।
कोगापा–५ का ३८ बर्षीय अशोक यादव र भारतको जिल्ला सुपौल त्रिवेणि ग्रामपञ्चायत १ का २२ बर्षीय सन्तोष कुमार यादव पक्राउ परेको प्रहरीले जनाएको छ ।
विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी गस्ती टोलीले को १७ प २८१९ नम्बरको मोटरसाईकलमा आइरहेका अशोक र अर्का भारतिय नागरिक सन्तोषलाई आज विहान ६ बजे नियन्त्रणमा लिएर चेकजाँच गर्दा ३५ बोतल डाईलेक्स डिसी र एक हजार ८० स्पास्मो प्रोक्सिभन ट्याब्लटे फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेकामाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
