
पूर्णपुष्टि,वैशाख २४
मोरङमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका–१६ बाट लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ईटहरी उप–मानगरपालिका–४ का २४ वर्षीय असिम बस्नेत र ईटहरी उप–मानगरपालिका–५ का ३२ वर्षीय कुमार बिश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।
बिहिवार राती १० बजेको समयमा भारतिय क्षेत्रबाट नेपाल तर्फ आउँदै गरेको को २५ प २५५५ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्ने क्रममा स्कुटर चालक बस्नेत र स्कुटरमा पछाडी सवार रहेका बिश्वकर्मा लागुऔषध सहित पक्राउ परेका थिए ।
उनीहरुको साथबाट प्रहरीले लागुऔषध डाईजेल्याब ३० एम्पुल, लुपिजेसिक ३० एम्पुल, फेरागन ३० एम्पुल, डाईलेक्स डिसी १ बोतल, नाईट्रोजन ट्याब्लेट १० चक्की र सामसुङ कम्पनिको २ थान मोवायल बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
