
पूर्णपुष्टि,वैशाख २४
झापाको एक कपास उद्योगमा आगलागी भएको छ । मेचीनगर नगरपालिका–१० मा रहेको कपास उद्योगमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको हो ।
बिहिवार साँझ साँढे ६ बजेको समयमा उद्योगको कपास पेल्ने मेशिनबाट अचानक आगलागी शुरु भई मेशिन, कच्चा पदार्थ तथा अन्य समान समेत जलेर नष्ट जिल्ला प्रहरी कार्यायले झापाले जनाएको छ ।
आगलागीबाट मानविय क्षति नभएको प्रहरीले जनाएको छ । सो आगलागी प्रहरी तथा स्थानीयवासीको सहयोगमा बेलुका ७ बजे नियन्त्रणमा आएको र अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
