
पूर्णपुष्टि,वैशाख २३
उदयपुरमा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले वैशाख २४ गते शुक्रबार राति १२ बजेबाट ३१ गते सम्म अत्यावश्क कामबाहेका अन्य सवै कामकाजमा रोक लगाएको छ । कोरोनाको रोकथाम तथा समुदायस्तरमा कोरोना फैलन नदिन नगरमा कार्यरत बैंक तथा वित्तीय संस्थाहरु जोडबिजोड प्रणालीबाट सञ्चालन गर्न कार्यालयले सुचना जारी गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरु २६ गते आईतबारबाट जोडबिजोड प्रणालीबाट सञ्चालन गरिने छ । सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनसिसि बैंक, एनआइसी एशिया बैंक, इन्भेष्टमेन्ट बैंक २, ग्लोवल आइएमइ बैंक,माछापुछ्रे बैंक, नबिल बैंक, एनएमवि बैंक, नेपाल बैंक र मुक्तिनाथ विकास बैक आइतबार,मंलबार र बिहिबार बिहान १० बजेदेखि २ बजे सम्म खुल्ने छ ।
त्यसैगरी सिभिल बैंक, कृषि विकास बैंक, लक्ष्मी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ज्योती विकास बैंक, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा विकास बैंक, सिद्दार्थ बैंक, एभरेष्ट बैंक र प्रभु बैंक बिहान सोहि समयमा सोमबार, बुधबार र शुक्रबार खुल्ने छ ।
