
पूर्णपुष्टि, माघ १७
लागुऔषध ब्राउन सुगर सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरीको धरान उप–महानगरपालिका–१३ स्थितबाट उनीहरु सातै जना पक्राउ परेका छन् । धरान–१३ का २९ वर्षीय भरत मगर, २७ वर्षीय ओम प्रकाश नेम्वाङ, २६ वर्षीय सुजन श्रेष्ठ र ३० वर्षीय मन्दिप मगर, धरान–१९ का २६ वर्षीय जनम मगर, धरान–३ का २० वर्षीय सारङ खड्गी र २२ वर्षीय राजिव मगर पक्राउ परेका हुन् ।
संघिय प्रहरी इकाई कार्यलय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले निजहरुबाट ३१ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

