
पूर्णपुष्टि, जेष्ठ २७
लागुऔषध कारोबारमा संलग्न रहेका पाँचजनालाई ललितपुरबाट प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका–३ स्थित नौधाराबाट जेठ २१ मा राज महर्जन र कृष्ण कुमार बिकलाई प्रहरीले पक्राउ गरेको थियो । पछि थप तीनजना शक्तिलाल साहु, राजकुमार शाह र रुपेश बादिकारलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको बयानका बालकुमारी र ग्वार्को क्षेत्रबाट थप तीन जनालाई पक्राउ गर्न सफल भएको महानगरीय प्रहरी वृत्त सातदोवाटोका डिएसपी दिनेश घिमिरेले बताउनुभयो ।
इन्सपेक्टर हरी ओली नेतृत्वको टोलीले आरोपीहरुको साथबाट ५९ एम्पुल डाइजेल्याव, ६२ एम्पुल नुफ्रिन र ५९ एम्पुल फेनारगन बरामद गरेको छ ।
आरोपीहरुमाथी प्रहरीले लागु औषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
