
पूर्णपुष्टि, जेष्ठ २७
झापाको दमक नगरपालिका–५ स्थित पढ्नलाई कोठा भाडा लिएर बस्दै आएकी एक छात्राको रहस्यमय मृत्यु भएको छ । दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा पढ्दै गरेको इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो ।
मृतक सेजलाको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनुभयो । सेजलाको मृत्युको कारणबारे अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक कार्कीले सेजलालाई बेलुकी करिब ५ बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए । त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उनलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेको र तत्कालै लाइफलाइन अस्पताल पुर्याइए पनि बचाउन नसकिएको साथीहरुको भनाइ अनुवाद गर्दै प्रनाउ कार्कीले जानकारी दिनुभयो ।
घटनालगत्तै पीडितका परिवार राति ११ बजेको समयमा दमक आइपुगेको बताइएको छ । आफन्तले भने सेजलाको मृत्यु रहस्यमयी भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले भने तत्काल मृत्युको कारण थाहा पाउन परीक्षणलाई प्राथमिकता दिएको बताइएको छ ।
