लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

पूर्णपुष्टि, पुष २१
झापाको कचनकवल गाउँपालिका–५ बाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । कचनकवल गाउँपालिका–७ का २४ वर्षीय बिनोद बस्नेत र १८ वर्षीय निखिल रेग्मी लागुऔषधसहित मंगलबार बेलुका ५ बजे पक्राउ परेका हुन् ।
उक्त गाउँपालिकाको फुटागंज क्षेत्रबाट लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा प्रहरी चौकी पाठामारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ५ ग्राम ६० मिलिग्राम लागुऔषध ब्राउनसगुर पक्राउ गरेको छ ।
लागुऔषधसहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0