Tuesday, June 9News That Matters

लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

पूर्णपुष्टि, असार २४ गते ।
झापाको झापा गाउँपालिका–३ स्थितबाट प्रहरीले लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ । झापा गाउँपालिका–३ का २२ वर्षीय फरमान अली र झापा गाउपालिका–४ का ३२ बर्षीय मनोज गणेशलाई प्रहरीले पक्राउ गरेको हो । हिजो दिउँसो ईलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा उनिहरुको साथबाट १३ ग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थान बरामद गरेको हो । ब्राउनसुगर सहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।