Tuesday, April 21News That Matters

लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ

पूर्णपुष्टि, माघ १६

झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतिय नागरीक किसनगंग धनतोलाका २२ बर्षीय अहमद हुसेन र २६ बर्षीय महमद जमसेहलाई ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

उनिहरुलाई ९८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित झापा गाँपालिका ४ बाट प्रहरीले पक्राउ गरेको हो । यसैगरी सुनसरीको कोशी गाँपालिका १ लौकहीबाट लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् ।

को २२ प १६२३ नम्बरको मोटरसाईकलमा सवार रहेका बराहक्षेत्र नगरपालिका ६ का ३३ बर्षीय हेमराज नेपालीलाई रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट लागुऔषध स्पास्मोप्रोक्सिवन १४४ ट्याब्लेट बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।