Sunday, June 28News That Matters

लागुऔषध ब्राउनसुगर सहित २ पक्राउ

पूर्णपुष्टि,चैत २

झापाको मेचीनगर नगरपालिका–६ बाट लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । ईटहरी उप–महानगरपालिका–४ का २३ बर्षीय आशिष चौधरी र बराहक्षेत्र घर भई ईटहरी–७ बस्ने २४ बर्षीय लोक नाथ भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो साँढे १२ बजे लागुऔषध ब्राउनसुगर सहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले ४० ग्राम ब्राउनसगुर बरामद गरेको छ ।

उनीहरु दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।