Sunday, June 28News That Matters

पिकअप दुर्घटनाबाट चालकको मृत्यु

पूर्णपुष्टि,चैत २

ईलाम सुर्योदय नगरपालिका–३ रुङसुङ स्थितमा आज दिउसो सभा ११ बजे पिकअप दुर्घटनाबाट चालकको मृत्यु भएको छ । सोही स्थानका ४३ बर्षीय  रेसम बहादुर रायको मृत्यु भएको हो ।

मे १ ज १२४१ नम्बरको फिकअप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसि दुर्घटना भएको थियो । उक्त दुर्घटनामा चालक गम्भिर घाईते भएका थिए । घाईते भएका चालकलाई उपचारको लागि फिक्कल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतीनगर ईलामले जनाएको छ ।