
झापा,असार २७ गते ।
झापाको मेचिनगर नगरपालिका–६ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भारत दार्जेलिङका २७ वर्षीय अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको हो । हिजो बेलुका ७ बजे काँकरभिट्टाको मेचीपुलमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउदैँ गरेका प्रधानको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेका प्रधानलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।
