
पूर्णपुष्टि, वैशाख २२ गते ।
लागुऔषध मुद्दाका एक जान फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । साँघुरीगढी गाउँपालिका–८ का ३९ बर्षीय झगेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको हो ।
गत चैत्र ३० गते मोरङको बिराटनगर महानगरपालिका–१९ मा को १ च ५३१८ नम्बरको पिकअप भेनबाट १ सय २० केजी गाँजा बरामद भएको थियो । पिकअपबाट गाँजा बरामद भएता पनी फरार रहेका पिक अप चालकलाई बैशाख २० गते धरानको सुनसरीबाट प्रहरीले पक्राउ गरेको हो । राईले लागुऔषध गाँजा पिकअपमा लोड गरी सिमाक्षेत्रबाट भारतिय बजार लैजान लाग्दा मोरङको बुधनगरमा पिकअप छाडी फरार भएका थिए । लागुऔषध ओसार पसार गर्ने राईको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।
