
मोरङ, असोज १३
मोरङाम लागुऔषधसहित एक जना पक्राउ परेको छ । विराटनगर–१६ दरैया निबासी ६१ बर्षीय रामु मण्डल लागुऔषध खैरो ब्राउनसुगर सहित पक्राउ परेको हो ।
विशेष सुराकका आधरामा खटिएको प्रहरी टोलीले साईकलमा आईरहेका मण्डललाइ विराटनगर–१२ स्थित कलेज रोडबाट हिजो दिउँसो ४ बजे नियन्त्रण लिई चेकजाँच गर्ने क्रममा लाष्टिकमा पोका पारेर राखिएको अवस्थामा ५ ग्राम ७० मिलीग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ब्राउनसुगर सहित पक्राउ परेका मण्डललाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

