
मोरङ, चैत्र ३ गते ।
विराटनगरको सजिलो बजार छेउबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटेका प्रहरी टोलीले आईतवार बेलुका पौने ८ बजे निशान लिम्बुलाई पक्राउ गरेको हो ।
धरान उपमहानगरपालिका–१५ निवासी २२ बर्षीय लिम्बुलाई नटफिन–५० पिस, डाईजोल्याप–५० पिस र एभिल–५० पिससहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका लिम्बुलाई थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।
